
“मोबिल मिसिएको पानीलाई आफ्नै कपडाले छानेर पिएँ”
सुवा बाढीका कारण माथिल्लो त्रिशूली थ्रीए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहलाई उद्धार गरिएको छ। उद्धारपछि उनले भने, “मोबिल मिसिएको पानीलाई आफ्नै कपडाले छानेर पिएँ।” उद्धारपछि उनी छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार गराइरहेका थिए र शुक्रबार डिस्चार्ज भएका छन्।
सञ्जय साहका अनुसार, सुरुङभित्र खाना नहुँदा पनि हावा पर्याप्त थियो, तर पानी पाउन निकै संघर्ष गर्नुपर्यो। त्यतिका दिनसम्म उनले कसरी बाँच्न सके? उनले जवाफ दिए, “मोबिल मिसिएको पानी आफैंले कपडाले छानेर पिएँ, दुई-तीन दिन त भेन्टिलेसनमा झुन्डिएर बसेँ।” सप्तरीका निवासी साह उक्त जलविद्युत् आयोजनामा ‘मेकानिकल फोरम्यान’को रूपमा कार्यरत थिए।






