Skip to main content

चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली उडान पुनः सुरू गर्ने घोषणा गर्‍यो

२७ भदौ, काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली बीचको नियमित यात्रुवाहक उडान पुनः संचालन गर्ने घोषणा गरेको छ। चाइना साउदर्नले शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालनमा ल्याउने जानकारी दिएको छ। विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सुरु हुने ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ।
उडान सेवा पुनः सुरु भएपछि यस एयरलाइन्सले दक्षिण एसियामा आठवटा मार्गमा हप्तामा १०० भन्दा बढी ‘राउन्ड–ट्रिप’ उडान सञ्चालन गर्ने खबरमा उल्लेख छ। चीनको दक्षिणी ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउमा मुख्यालय रहेको चाइना साउदर्न एयरलाइन्स चीनका प्रमुख वायुसेवा कम्पनीहरूमा पर्छ।