
इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा स्लो ओभर रेट गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तानलाई खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना र ११ डब्लुटीसी अंक कटौती गरेको छ। बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछि पुगेको आईसीसीले जनाएको छ। ११ अंक गुमाएपछि पाकिस्तान ४.६३ अंक प्रतिशतसहित विश्व टेस्ट च्याम्पियनसिपको नवौं स्थानमा रहेको छ। २९ भदौ, काठमाडौं।
इङ्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई आईसीसीले दोहोरो सजाय दिएको छ। आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो। त्यसपछि खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) का ११ अंक पनि कटौती गरिएको छ।
एमिरेट्स आईसीसी एलिट प्यानलका म्याच रेफ्री रञ्जन मदुगल्लेले फिल्ड अम्पायर पल रेइफेल, क्रिस गाफ्नी, तेस्रो अम्पायर अल्लाहुद्दिन पालेकर र चौथो अम्पायर रसेल वारेनको प्रतिवेदनका आधारमा सजाय सुनाएका हुन्। आईसीसीको आचारसंहिताअनुसार निर्धारित ओभर पूरा गर्न नसके प्रत्येक ओभरका लागि खेलाडीको म्याच फीको ५ प्रतिशत जरिवाना लाग्छ, जसको अधिकतम सीमा ५० प्रतिशत हो। यस्तै, विश्व टेस्ट च्याम्पियनसिप नियमावलीअनुसार प्रत्येक ओभर कम भएबापत एक अंक कटौती गरिन्छ।
११ अंक गुमाएपछि पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा थप पछाडि धकेलिएको छ। टोली अहिले ४.६३ प्रतिशत अंकसहित नवौं स्थानमा रहेको छ। पाकिस्तानले डब्लुटीसीअन्तर्गत आफ्नो अर्को शृङ्खला नोभेम्बरमा श्रीलंकाविरुद्ध खेल्नेछ। उक्त दुई टेस्ट शृङ्खला रावलपिन्डी र लाहोरमा आयोजना हुनेछ।






