Skip to main content

यूकेको वेल्समा ‘फ्रीडाइभर’ले देख्यो ‘बसजत्रो’ जेलिफिश

यूकेको वेल्सस्थित पेम्ब्रुक्शरमा एक ‘फ्रीडाइभर’ले अत्यन्त ठूलो जेलिफिश देखेको बताएका छन्, जसलाई उनले ‘बसजत्रो’ आकारको बताएका छन्। संरक्षणकर्मीहरूले यस दृश्य कैद गरेका थिए र उनीहरूले उक्त जेलिफिशको लम्बाइ झन्डै १०-१५ मिटर रहेको जानकारी दिएका छन्। ‘लाइअन्स मेन जेलिफिश’को शरीरको लम्बाइ ३ मिटरसम्म पुग्न सक्छ, तर यसको ‘टेन्टकल’हरू ३० मिटरभन्दा लामो हुनसक्ने हुँदा यी जीवहरू पृथ्वीका सबैभन्दा लामो जीवहरूमा गनिन्छन्।