Skip to main content

विराटनगर किङ्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद पुरस्कार दिने घोषणा

एसीसी प्रिमियर कप २०२६ जितेर एसिया कप २०२७ मा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद सम्मान दिने घोषणा गरेको छ। फ्रेन्चाइजले टोलीका प्रत्येक खेलाडी र सहयोगी स्टाफलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ। कप्तानी गर्दै ऐतिहासिक सफलता दिलाएका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मानस्वरूप १ लाख रुपैयाँ दिइनेछ।

३० भदौ, काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेर एसिया कप २०२७ मा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार दिने घोषणा गरेको छ। यस फ्रेन्चाइजले टोलीका प्रत्येक खेलाडी र प्रशिक्षक स्टाफलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

तसर्थ, टोलीका कप्तान र विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मान स्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ। विराटनगर किङ्सले नेपाली क्रिकेटको विकास, खेलाडीहरूको मनोबल अभिवृद्धि र राष्ट्रिय टोलीको सफलताप्रति निरन्तर समर्थन दिंदै आएको प्रतिबद्धताको सन्दर्भमा यो सम्मान घोषणा गरेको जनाइएको छ।