Skip to main content

नेपाल महिला भलिबल टोली जापानसँग सोझो सेटमा पराजित

जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले जापानसँग २५–८, २५–१२ र २५–११ को सोझो सेटमा पराजय व्यहोरेको छ। एफआईभीबी वरियतामा छैटौं स्थानमा रहेको जापानसँगको पराजय पछि नेपालले आगामी बिहीबार इन्डोनेसियासँग दोस्रो खेल खेल्नेछ।

इन्डोनेसियासँगको खेल जिते नेपालले क्वार्टरफाइनलको आशा कायम राख्नेछ, हार भएमा क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ। ३१ भदौ, काठमाडौं। जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा पराजय व्यहोरेको छ।

नेपाल जापानसँग २५–८, २५–१२ तथा २५–११ को सेट स्कोरमा पराजित भयो। एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियामा शीर्षस्थानमा रहेको जापान सामना गर्दा नेपाल निरीह देखियो। नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ।

यदि उक्त खेल नेपालले जित्यो भने क्वार्टरफाइनल प्रवेशको सम्भावना कायम रहनेछ, जुन हार भएपछि क्लासिफिकेसन म्याच खेल्नुपर्ने बाध्यता हुनेछ। एफआईभीबी वरियतामा नेपाल ६९औं र इन्डोनेसिया ५३औं स्थानमा छन्। एसियाली वरियतामा इन्डोनेसिया नवौं र नेपाल ११औं स्थानमा रहेका छन्।