Skip to main content

एसियन गेम्स महिला क्रिकेटको सेमिफाइनलको समीकरण पूरा

जापानमा जारी २०औं एसियन गेम्समा महिला क्रिकेटको सेमिफाइनलका लागि टोलीहरू छनोट पूरा भएको छ। पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतले सेमिफाइनलमा प्रवेश गरेका छन्। बंगलादेश र चीनबीचको क्वाटरफाइनल वर्षाका कारण रद्द भएपछि बंगलादेश समान्य वरियताका आधारमा सेमिफाइनलमा चयन भएको छ। पाकिस्तानले थाइल्यान्डलाई, श्रीलंकाले मलेसियालाई र भारतले जापानलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

सेमिफाइनल चरणमा पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा पराजित हुने टोलीले कास्य पदकको लागि भिड्नेछ। यसअघि भारत महिला क्रिकेटमा स्वर्ण पदक विजेता थिइन्। महिला क्रिकेटमा जम्मा ८ टोली सहभागी थिए र सबैले सोझै क्वाटरफाइनल खेल खेलिसकेका छन्।