Skip to main content

राकेश कास्य पदक खेलमा पराजित

जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष कुमिते ५५ केजी तौल समूहको कास्य पदक प्रतिस्पर्धामा नेपालका राकेश मानन्धर मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९–१ अंकले पराजित भएका छन्। यो खेल जापानको तोयोहाशी जिम्नेसियममा आयोजित भएको थियो।

यसअघि, राकेश सेमिफाइनलमा उज्बेकिस्तानका खुमोयुनमिर्जो खालिमोभसँग ७–० ले हरिएका थिए। ४ असोज, काठमाडौं।