Skip to main content

इरानका सभामुखले अमेरिकासँग वार्ताका लागि मध्यस्थमार्फत सर्तहरू पठाइसकेको जानकारी दिए

इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश तथा वार्तासम्बन्धी सर्तहरू पठाइसकेको बताएका छन्। संसद्लाई सम्बोधन गर्दै गालिबाफले युद्धको निर्णायक अन्त्यका लागि प्रयास भइरहेको बताए। उनले भने, “केही मानिस युद्धको कुरा गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि स्पष्ट दिशा प्रस्तुत गर्दैनन्।”

गालिबाफले यस्तो सोचले वार्ता र कूटनीतिका सबै सम्भावनालाई अस्वीकार गर्दै देशलाई बिस्तारै कमजोर बनाउने लामो र अन्तहीन युद्धतर्फ लैजान सक्ने बताए। उनले भने, “हामीले लड्न पनिुपर्छ र वार्ता पनि गर्नुपर्छ।” उनले इरानले यसअघि राखेका सर्तहरू पूरा नभएसम्म वार्तालाई पुनः सुरु गर्ने र होर्मुज स्ट्रेट खोल्ने विषय उठ्नै नहुने स्पष्ट पारे।

यसअघि एक दिन अगाडि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले पनि यस्तै धारणा सार्वजनिक गरेका थिए। उहाँले कतार र पाकिस्तानका माध्यमबाट अमेरिकासमक्ष वार्ताका लागि इरानले आफ्नो सर्तहरू पठाइसकेको बताएका थिए। रेजाईका अनुसार अब इरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको प्रतीक्षामा छ।