Skip to main content

नेपाली बाहेक १८ भाषामा ६७ सांसदहरूले शपथ लिएका छन् (सूचीसहित)

१५ चैत, काठमाडौं। नेपाली भाषाबाहेक १८ विभिन्न भाषाहरूमा ६७ जना प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएका छन्। तीमध्ये सबैभन्दा धेरै २१ जनाले मैथिली भाषामा शपथ लिएका छन्। गत फागुन २१ गते चुनाव सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित सांसदहरूले यही चैत १२ गते पद तथा गोपनियताको शपथ लिएका हुन्।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको छ। दोस्रो ठूलो दल नेपाली कांग्रेसमा ३८, तेस्रो दल नेकपा एमालेमा २५, चौथो दल नेपाली कम्युनिस्ट पार्टीमा १७ जना सांसद छन्। यस निर्वाचनबाट नयाँ पहिचान बनाएको श्रम संस्कृति पार्टी पाँचौं दलको रूपमा रहेको छ। श्रम संस्कृति पार्टीका ७ जना सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ जना सांसद छन्। साथै १ जना स्वतन्त्र सांसद पनि रहेका छन्। निर्वाचित सबै सांसदहरूले यही चैत १२ गते शपथ ग्रहण गरेका हुन्।