Skip to main content

जहीर खान चेन्नई सुपर किङ्सका मुख्य प्रशिक्षक नियुक्त

समाचार सारांश
चेन्नई सुपर किङ्सले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। जहीरले २००९ देखि २०२६ सम्म सीएसके सम्हालेका स्टेफन फ्लेमिङको स्थान लिनेछन्। फ्लेमिङको नेतृत्वमा सीएसके आईपीएलकै सबैभन्दा सफल टोलीमध्ये एक बनेको थियो।

५ असोज, काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किङ्स (सीएसके) ले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। जहीरले सन् २००९ देखि २०२६ सम्म लगातार १८ सिजन टोली सम्हालेका स्टेफन फ्लेमिङको स्थान लिनेछन्। फ्लेमिङको नेतृत्वमा सीएसके आईपीएलकै सबैभन्दा सफल टोलीमध्ये एक बनेको थियो।

४७ वर्षीय जहीर भारतका सफल बायाँहाते तीव्र गतिका बलरमध्ये एक हुन्। उनले भारतलाई २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। सीएसकेले नयाँ सिजन सुरु गर्ने तयारीमा जहीरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ। फ्लेमिङ भने हाल इंग्ल्याण्ड क्रिकेट टोलीका प्रशिक्षक हुन्।