Skip to main content

इरानी आक्रमणमा एक भारतीय नागरिकको मृत्यु

१६ चैत, काठमाडौं । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ। इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो। कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामदारको मृत्यु पुष्टि गरेको छ। मन्त्रालयले सामाजिक सञ्चार माध्यम ‘एक्स’ मार्फत् भनेको छ, ‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति पुगेको छ। अत्यावश्यक सेवा सञ्चालनका लागि प्राविधिक टोली काम गरिरहेछ।’ मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले भने भवनमा ठुलो क्षति नभएको उल्लेख गरेकी छन्।