
स्पेसएक्सको रकेट समुद्रमा खस्दा विस्फोट र आगो लाग्यो। स्टारलिङ्कका स्याटलाइटहरू लिएर अन्तरिक्षमा गएको स्पेसएक्सको ‘स्टारशिप’ चाँडै पृथ्वीमा फर्किएर प्रशान्त महासागरमा खस्यो। उक्त यान पानीमा खस्दा विस्फोट र आगो लाग्यो। विस्फोट किन भयो भन्ने कारण अझै स्पष्ट भइसकेको छैन।
उक्त यानमा २६ वटा उन्नत ‘भी३’ स्याटलाइटहरू थिए। यी स्याटलाइटहरू पृथ्वीमा ब्रोड्ब्यान्ड इन्टरनेट सेवा सञ्चालन गर्न स्टारलिङ्कले अन्तरिक्षमा स्थापना गरेको सञ्जालको हिस्सा हुन्। दश घण्टे अभियानका लागि प्रक्षेपण गरेको भए तापनि पृथ्वीको कक्षमा करिब तीन घण्टा परिक्रमा गरेपछि उक्त यान अवतरण गराउने निर्णय गरिएको थियो।






