Skip to main content

गण्डकीविरुद्ध भुटान ९६ रनमै अलआउट

१३ असोज, काठमाडौं । पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशविरुद्ध ९६ रनमै अलआउट भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेका भुटान टोली १९ ओभर ३ बलमा मात्र ९६ रनमा समेटिएको हो । भुटानका लागि सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले समान दुई-दुई २७ रन बनाए । यसका साथै नामगे थिन्लेले १६, नामगाङ चोजे २, थिन्ले जम्ट्सो ७, ताशी दोर्जी २ तथा सोनाम येशे २ रनको योगदान दिए । ताशी फुन्छो ९ रनमा अविजित रहे भने तेन्जिन राब्गे, गाकुल कुमार घाले र ताशी चोपेलले कुनै रन बनाउन सकेनन् ।

बलिङतर्फ गण्डकीका सुवास भण्डारीले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चेर चार विकेट हात पारेका हुन् । निष्पाप पोखरेलले ३ विकेट लिए भने कप्तान बिपिन खत्री, सुदीप अर्याल र सिव्रिन श्रेष्ठले एक-एक विकेट लिए । पोखरा भ्रमणमा रहेको भुटान टोलीले गण्डकी प्रदेश र क्यान–११ टिमसँग दुई-दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ ।