Skip to main content

टेनिस मिक्स्ड डबल्समा स्वस्तिका र निसानको जोडी बाहिरियो

१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेनिसको मिक्स्ड डबल्स स्पर्धामा नेपालका स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडी पहिलो चरणमै बाहिरिएका छन् । स्वस्तिका र निसानको जोडी इन्डोनेसियाका अल्डिला सुत्जियादी र क्रिस्टोफर रुन्काटको जोडीबाट ६-१ र ६-१ को सेटहरूमा पराजित भएको छ । यसअघि महिला सिंगल्समा शिभाली र स्वस्तिका बाहिरिसकेका छन् भने पुरुष सिंगल्समा अभिषेक बास्तोला र प्रदीप खड्का पनि प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् ।