
बाढीले पुरिएको वा क्षति पुर्याएको घरमा प्रवेश गर्दा के गर्ने र के नगर्नेबारे जानकारी प्रस्तुत गरिएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सयौँ घरहरू बगाएको छ भने कैयौँ घरहरूमा क्षति पुर्याएको छ। नदीका किनारमा रहेका केही घरहरू अझै हिलोमा गाडिएका छन्। कतिपय घरमा गम्भीर क्षति देखिएको छ भने केही स्थानीय बासिन्दाहरूले हिलो हटाउँदै घरमा पुनः मरम्मत गरिरहेका छन्।
यस सन्दर्भमा, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पुनर्निर्माण पुनर्स्थापना तथा प्रबलीकरण महाशाखाका उपमहानिर्देशक प्रकाश अर्यालसँग सम्पर्क गरी बाढीले क्षति पुगेका वा पुरिएका घरहरूमा जानुअघि कस्तो सावधानी अपनाउनुपर्छ भनेर सोधिएको छ। बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम ‘बीबीसी हातेमालो’ का लागि संवाददाता निरञ्जन राजवंशीले अर्यालसँग लिएको अन्तर्वार्ता सुन्न सकिन्छ।






