
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको एक महिना बितिसकेको छ। बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा शारीरिक साथै मानसिक स्वास्थ्यमा दीर्घकालीन समस्या देखिन थालेका छन्, विज्ञहरूले यसबारे चेतावनी दिएका छन्। घरबार र परिवार गुमाएका मानिसहरूमा भविष्यप्रति चिन्ता थपिएको छ। त्यहाँ देखिएका स्वास्थ्य समस्या के के छन् र तिनको समाधानका उपायहरू के के हुन सक्छन्? संवाददाता प्रतीक्षा खनालको रिपोर्टमा ‘बीबीसी हातेमालो’ लाइफलाइन कार्यक्रममार्फत यी विषयवस्तु बारे जानकारी लिनुहोस्।





