Skip to main content

बाढीले प्रभावित राजमार्ग र पुलहरूको अवस्था सम्बन्धी तथ्याङ्क

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका प्रमुख राजमार्गहरू क्षतिग्रस्त भएका छन् र दर्जनौँ पुलहरू बगाइसकिएका छन्। सडक विभागका अनुसार गल्छी-रसुवागढी राजमार्ग र पृथ्वी राजमार्गमा व्यापक क्षति पुगेको छ भने अहिलेसम्म ४२ वटा पुल बगाइसकिएका छन्।

बाढी प्रभावित जनताको दैनिक जीवनसँग जोडिएका ती भौतिक संरचनाहरू पुनर्निर्माण गर्नु अत्यन्त महत्वपूर्ण छ। नदीपार गर्न र कतिपय स्थानमा आवत-जावत गर्न ती संरचनाहरूको अभावले समस्या थपिएको छ। यस विषयमा सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेसँग ‘बीबीसी हातेमालो’ कार्यक्रमका लागि सागर बुढाथोकीले संवाद गरेका छन्।