
कला इतिहासमा सामान्यतया पुरुषहरूको नाममात्र उल्लेख हुने गरेको पाइन्छ। तर हरेक अवस्थामा पुरुषहरू मात्रै चित्रकार थिएनन्, महिलाहरू पनि प्रख्यात चित्रकार थिइन्। यद्यपि आफ्नो कलाकृतिमा जसले पनि अधिकार नपाउँदा इतिहासले ती महिलाहरूलाई चिन्न सकेन। उदाहरणका लागि, द ट्रायम्फ अफ ब्याकअस नामक कलाकृति शताब्दीयौँसम्म अरूको नाममा रह्यो। १६२९ मा बनेको यो तेल चित्र अत्यन्तै वास्तविक छ। यसमा रहेका पात्रहरूले मद्यपान गरिरहेका छन्। हालै मात्र यसको सिर्जना मिचेलिना वाटियर नामकी महिला चित्रकारले गरेको पुष्टि भएको छ। उनको सम्मानमा लन्डनको रोयल एकेडेमीमा यो र अन्य कलाकृतिहरू समेटेर ठूलो प्रदर्शनी आयोजना गरिएको थियो। यस लेखमा यस्तै अन्य महिला चित्रकारहरू र उनीहरूको कलाकृतिहरूको चर्चा गरिनेछ।
द ट्रायम्फ अफ ब्याकअस : मिचेलिना वाटियर सन् १९९३ मा भियनाको कुन्थिस्टोरिचेस म्युजियमको संग्रहमा अनुसन्धान गर्ने क्रममा कला इतिहासकार काट्लिन भान डेर स्टिघलेनले यो चित्र पत्ता लगाएकी थिइन्। चित्रमा हस्ताक्षर थिएनन्, तर यसको भव्यता हेरिरहेकी उनले यसमा कुनै महत्वपूर्ण रहस्य रहनसक्ने अनुमान गरिन्। त्यसको कारण एउटी महिलाले यो चित्र बनाएकी हुन सक्ने आशंका थियो। कुन्थिस्टोरिचेस म्युजियमका क्युरेटर गुस्ताभ ग्लकले यो कुनै महिलाको काम हुन नसक्ने घोषणा गरेका थिए। तर पछि पुष्टि भयो कि यो चित्र मिचेलिना वाटियरले बनाएकी थिइन्। यो चित्रमा उनी आफैं पनि देखिन्छन्, चित्रको दायाँतिर, निडर र अर्धनग्न शारीरिक रूपले, युद्धरत जस्तो अवस्थामा।
उनको यो कलाकृति प्रति श्रेय उनको भाइलाई दिइन्थ्यो। साथै उनका अन्य कलाकृतिहरू पनि अन्य कलाकारको नाममा जान्थ्यो। आज उनीलाई ‘यस शताब्दीको सबैभन्दा ठूलो कलात्मक पुनर्खोज’ भनिन्छ। सेल्फ पोर्ट्रेट एज सेन्ट क्याथरिन अफ अलेक्ज्यान्ड्रिया : आर्टेमिसिया जेन्टिलेस्की आर्टेमिसिया जेन्टिलेस्की किशोरावस्थामै भावनात्मक चित्रहरू बनाउँथिन्। उनको कामको कारण उनलाई धेरै माग थियो। तर, १७०० दशकमा बारोक शैलीको लोकप्रियता घटेपछि उनी ओझेलमा परिन्। उनका अन्य कलाकृतिहरू पनि अन्य कलाकारहरूको नाममा जान्थ्यो। सन् २०१७ मा मात्र यो चित्र आर्टेमिसियाको हो भनी आधिकारिक रूपमा प्रमाणित भयो।
द कराउजिङ कपल (१६३०) : डच चित्रकार जुडिथ लेस्टर आफ्नो जीवनकालमा निकै सम्मानित थिइन्। तर उनको मृत्युपछि उनको ख्याति वरिपरिका पुरुषहरूले छायामा पारिदिए। प्रायः उनका कामलाई पतिको जान मिएन्स मोलेनर वा फ्रान्स हाल्सको मानिएको थियो। सन् १८९२ मा एक कला व्यापारीले फ्रान्स हाल्सको हस्ताक्षरमुनि ‘जेएल’ अक्षर र एउटा तारा (उनको नामको अर्थ ‘ध्रुवतारा’ भएर) भेटाएपछि मात्र सत्य बाहिर आयो।
ब्यारोनेस एल्सा भोन फ्रेयटाग र मोर्टन शामबर्ग : १९औं र २०औं शताब्दीमा महिला कलाकारहरूलाई शुरुमा सिकारु वा अपरिपक्व भनेर बेवास्ता गरिन्थ्यो। अरू धेरै महिलालाई मात्र प्रेरणाको स्रोत मानेर ओझेलमा राखिएको थियो। त्यही क्रममा एक साहसी कलाकार थिइन् जर्मन चित्रकार र कवि ब्यारोनेस एल्सा।
मार्गरेट किन : ‘टुमरो फरेभर’ (१९६३) सन् २०१४ को फिल्म बिग आइजले अमेरिकी कलाकार मार्गरेट किनको कथा प्रस्तुत गरेको थियो। सन् १९६० को दशकमा ठूला आँखा भएका बालबालिकाका चित्रहरू निकै लोकप्रिय थिए, तर ती चित्रहरू पुरुषले बनाएको विश्वास गरिन्थ्यो। लेखक हेलेन गोरिलका अनुसार पुरुषले हस्ताक्षर गरेको चित्रको मूल्य बढ्थ्यो भने महिलाले बनाएको चित्रको मूल्य घट्ने नै अवस्था थियो।
मार्गरेट स्वभावले लजालु थिइन्, तर उनका श्रीमान् वाल्टर वस्तु बेच्न र कुरा गर्न सक्षम थिए। वाल्टरले दबाब दिएर सबै चित्रको श्रेय आफूले लिए। मार्गरेटले चित्रमा आफ्नो थर ‘किन’ मात्र लेख्ने गर्थिन्। सम्बन्धविच्छेदपछि यो मुद्दा अदालतसम्म पुग्यो। न्यायाधीशले दुवैलाई अदालतभित्रै चित्र बनाउन लगाइन्।
वाल्टरले ‘काँध दुखेको’ बहाना बनाएर केही बनाएनन्, तर मार्गरेटले एक घण्टाभित्रै सबैले चिन्ने ठूला आँखा भएको बालकको चित्र बनाएर आफू वास्तविक कलाकार भएको प्रमाणित गरिन्।






