Skip to main content

स्पिनरहरूको उत्कृष्ट प्रदर्शनले गण्डकी प्रदेशलाई पीएम कपमा ऐतिहासिक जित दिलायो

गण्डकी प्रदेश क्रिकेट टोलीले पीएम कपमा विभागीय टोली एपीएफलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। २१ ओभरको खेलमा गण्डकीले एपीएफलाई ४३ रनले हराएको हो। कप्तान बिपिन खत्रीले स्पिन बलिङले जितमा महत्वपूर्ण भूमिका खेलेको बताए। १५ चैत, काठमाडौं – गण्डकीले तल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफलाई हराउँदै इतिहास रचेको हो। पेम कपको इतिहासमा पहिलोपटक कुनै विभागीय टोलीलाई हराउँदै गण्डकीले ४३ रनको महत्वपूर्ण जित हात पारेको छ। वर्षापछि मैदानको खराब अवस्थाका कारण खेललाई २१ ओभरमा घटाइएको थियो।

गण्डकीका स्पिनरहरूको शानदार प्रदर्शन र ब्याट्सम्यानहरूको उत्कृष्ट योगदानले एपीएफलाई हराउन मद्दत गर्यो। गौरव विक, दीपक डुम्रे, अर्जुन कुमाल र कप्तान बिपिन खत्रीले महत्वपूर्ण रन बनाए। यो टी-२० सरहको खेलमा १५० रनको योगफल चुनौतीपूर्ण सावित भयो। एपीएफका लागि लोकेश बम र आसिफले ओपनिङ गरे पनि गण्डकीका स्पिनरहरूले राम्रो प्रभाव पार्दै एपीएफको शीर्ष क्रम ध्वस्त बनाए।

स्पिनर अपराजित पौडेल ‘म्यान अफ द म्याच’ घोषित भए। कप्तान बिपिन खत्रीले जितलाई अत्यन्तै महत्त्वपूर्ण बताए। उनले भने, “पहिले पनि चुनौती सम्हाल्न सक्ने आत्मविश्वास खेलाडीहरूमा थियो। हामी सबै युनिटमा राम्रो प्रदर्शन गर्यौं।” गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै ४ खेलबाट ३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। एपीएफले पनि ४ खेलमा ३ अंक जोडेको छ र सातौं स्थानमा छ।