
बाढी प्रभावित क्षेत्रहरूमा खानेपानी जुटाउन समस्या र उपलब्ध पानीलाई कसरी सुरक्षित तरिकाले प्रयोग गर्ने? भदौ महिनामा आएको भोटेकोशी र त्रिशूली नदीको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका धेरै बस्तीहरूमा पानीका स्रोत र वितरण पाइपलाइनहरूमा ठूलै क्षति पुर्याएको छ। विपत्तिपछि स्थानीय बासिन्दाहरूले सुरक्षित र शुद्ध पानी जुटाउन निकै चुनौतीको सामना गरिरहेका छन्।
यस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध पानीलाई सफा र सुरक्षित बनाउने के के उपायहरू छन्? साथै, पानीका स्रोत तथा वितरण प्रणालीमा देखिएका समस्या कसरी दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ? यो रिपोर्ट प्रतीक्षा खनालले तयार पारेका हुन्।






