Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

‘न्यूमोनिक प्लेग’: कोभिडजस्तै विश्वव्यापी फैलिन सक्ने सम्भावना कति?

Advertisement800×200-1

यो कताकता अनौठो तरिकाले परिचित वा पहिले नै देखिएको जस्तो लाग्न सक्छ। गत शुक्रबार साइबेरियामा ‘अज्ञात’ कारणको निमोनिया भएर एक महिलाको मृत्यु भयो; उनको शरीर सम्भवतया ‘प्लेग’, अर्थात् महामारीजन्य जीवाणुको सम्पर्कमा आएको हुनसक्ने आशंका गरिएको छ। रूसी सञ्चार माध्यमका अनुसार त्यसपछि करिब २०० जनालाई आइसोलेसनमा राखियो। अधिकारीहरूले यस विषयमा चिन्ता नदेखाउन प्रयास गरे तापनि अनलाइन मीडियामा विभिन्न अड्कलबाजी र त्रास व्याप्त छ।

दार्या शिपिलोभा नाम गरेकी २८ वर्षीया महिला साइबेरियाको ईर्कुट्स्क क्षेत्रस्थित ‘एन्टी-प्लेग इन्स्टिट्यूट’मा काम गर्थिन्। अघोषित रिपोर्टहरूअनुसार प्लेगको जीवाणु भएको टेस्ट ट्यूब फुटेको वा मङ्गोलियाको सीमासँग जोडिएको बुरियाटिया क्षेत्रको भ्रमणपछि उनलाई निमोनियाजस्ता लक्षण देखिएको थियो। त्यस क्षेत्रमा जङ्गली जनावरहरूमा प्लेगको सङ्क्रमण पाइन्छ। हालसम्म शिपिलोभाको मृत्युको कारण आधिकारिक रूपमा पुष्टि भइसकेको छैन र परीक्षण गरिरहेको बताइएको छ। तर एक कुरा स्पष्ट छ। विज्ञहरू भन्छन्, यो घटना विश्वव्यापी महामारी बन्ने सम्भावना कम छ।

प्लेग ‘येर्सिनिया पेस्टिस’ नामक जीवाणुका कारण लाग्ने रोग हो। चिकित्सकीय दृष्टिले यसका तीन प्रकार छन्: ब्यूबोनिक प्लेग, न्यूमोनिक प्लेग र सेप्टिसीमिक प्लेग। ब्यूबोनिक प्लेग सबैभन्दा बढी देखिने प्रकार हो। यो सङ्क्रमित कीराको टोकाइबाट सर्छ। शरीरमा प्रवेश गरेपछि जीवाणु लिम्फ नोडसम्म पुगेर तिघ्राको जोर्नी, घाँटी र काखीमा ‘ब्यूबो’ भनिने पीडादायी घाउ बनाउँछ। ब्यूबोनिक प्लेग मानिसबाट मानिसमा सर्ने सम्भावना कम छ। तर जब यो रगतमा फैलिन्छ, तब सेप्टिसीमिक प्लेग वा फोक्सोमा पुगेपछि न्यूमोनिक प्लेग हुन सक्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर