Skip to main content
Advertisementxtreme adv

इरानी विदेशमन्त्री अब्बास अराघचीद्वारा बेन्जामिन नेतान्याहु विरुद्ध अमेरिकी नागरिकको ज्यान र स्रोतसाधन दाउमा लागेको आरोप

इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफूलाई जोगाउन अमेरिकी नागरिकको ज्यान र देशको स्रोतसाधन दाउमा लगाएको आरोप लगाउनुभएको छ। एक्समा लेख्दै अराघचीले नेतान्याहुलाई अरब, अमेरिकी र इरानी नागरिकको रगतले हात रङ्गिएका युद्ध अपराधका आरोपमा खोजी गरिएका व्यक्ति भन्दै, न्यायको कठघरामा उभिनबाट बच्न उनले आफ्नै जनताको समेत वास्ता नगरेको आरोप लगाउनुभयो।

‘आफ्नो विवेक गुमाएको जुवाडेजस्तै, उनी थप अमेरिकी रगत र सम्पत्ति खर्च गरेर आफूलाई जोगाउन हताश प्रयास गरिरहेका छन्। अमेरिकी सिनेटरहरू समेत यो युद्धबाट बाहिरिन चाहन्छन्,’ अराघचीले लेख्नुभएको छ। यसैबीच, इजरायलमा आगामी अक्टोबर २७ मा संसद् (नेसेट) का लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।