Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

हालैको वर्षाले धानबालीलाई फाइदा पुर्‍यायो, तर अहिले पनि ढुक्क हुन सकिँदैन किनभने

Advertisement800×200-1

हालैका साताहरूमा परेको अत्यधिक वर्षाले धानखेतीका लागि अनुकूल वातावरण बनेको देखिए पनि धान काट्ने समय अझ बाँकी रहेकाले कृषि अधिकारी र विज्ञहरूले अहिले ढुक्क नहुने सुझाव दिएका छन्। धानबालीको वृद्धि र विकासका लागि पर्याप्त पानी आवश्यक भए तापनि अत्यधिक वर्षा, बाढी र डुबानले बालीलाई क्षति पुर्‍याउन सक्ने भएकाले किसानहरूले आगामी मौसमप्रति सचेत हुनुपर्ने उनीहरूको भनाइ छ।

गएको केही सातामा नेपालका विभिन्न क्षेत्रहरूमा भारीदेखि अत्यधिक भारी वर्षा भएको थियो। कृषि विभागका प्रवक्ता राजेन्द्र कोइरालाका अनुसार यसले पूर्वदेखि पश्चिमसम्मका खोलानालाहरूको जलस्तर बढेको छ र नदी तथा खोलाकिनारका खेतहरूमा बाढीपहिरोको असर देखिएको छ। विशेष गरी नदी र खोलाका छेउछाउका खेतहरू कटानमा परेका, बाली डुबेको र खेतमा बालुवा तथा गेग्रान जमेको समस्या देखिएको छ। “तर समग्रमा वर्षाले खेती वा सम्भावित उत्पादनमा नराम्रो असर होइन, सहज बनाएको छ,” उनले भने।

वर्तमानमा तराई र पहाडका सिँचाइ सुविधा भएका क्षेत्रहरूमा धानखेती भइरहेको छ भने माथिल्लो क्षेत्रका पानी नलाग्ने जमिनमा कोदो लगाइएको छ। “धेरै ठाउँमा रोपाइँ असारको अन्त्यदेखि साउन १५ गतेसम्म सम्पन्न भएको छ। धानका जात अनुसार यो पहिलो गँजाउने र पोटाउने समय हो, जसका लागि पर्याप्त पानी आवश्यक हुन्छ,” कोइरालाले बताए। वर्षासँगै वायुमण्डलमा रहेका विभिन्न कण जमिनमा झर्नु मलजस्तै काम गर्ने भएकाले बालीलाई फाइदा पुग्छ।

हालैका केही साताका वर्षाले माथिल्लो सुक्खा क्षेत्रका धानबाली राम्रो भएको छ। पानी निकास राम्रो भएका तल्लो क्षेत्रहरूमा पनि वर्षाले प्रतिकूल असर गरेको छैन,” उनले थपे। देशभर करिब १३ लाख ५० हजार हेक्टर क्षेत्रमा धानखेती छ, जसको ठूलो भाग तराईमा पर्दछ। मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान् ठाकुरले पनि पछिल्लो वर्षाले तराई क्षेत्रको धानबालीमा सकारात्मक प्रभाव परेको बताएका छन्। “लगातार केही सातासम्म पानी परेकोले खेती नष्ट हुन्छ कि भनेर किसानमा चिन्ता थियो, तर यसपटकको वर्षाले धानबालीको वृद्धि र विकासमा मद्दत गरेको छ,” ठाकुरले भने।


Advertisementadv-800×200.png

सम्बन्धित खबर