भोटेकोशी र त्रिशूली नदीहरूमा आएको विनाशकारी बाढीले परिवारका सदस्य, आफन्त र घरसम्पत्तिहरू गुमाएका थुप्रै मानिसहरू अझै पनि त्यस घटनाद्वारा पुगेको मानसिक आघातबाट बाहिर निस्कन सकेका छैनन्। जीवनयापन क्रमश: सामान्य बनाउँदै लैजानुपर्ने बाध्यता हुँदाहुँदै पनि केही मानिसहरूमा नकारात्मक सोच दिनप्रतिदिन बढ्दो छ, विशेषज्ञहरूले जानकारी दिएका छन्।
ठूलो विपद् र अकस्मात शोकपछिको सामान्य प्रतिक्रियाको रूपमा मानिसमा निराशा उत्पन्न हुन सक्छ, तर यदि त्यो अवस्थाबाट समयमै बाहिर ननिस्किए गम्भीर मानसिक समस्या देखा पर्न सक्छ, मनोचिकित्सकहरूले बताउँछन्। यसै सन्दर्भमा प्रतीक्षा खनालले मनोचिकित्सक डा. रचना शर्मा बस्नेतसँग विपद् प्रभावितहरूलाई दीर्घकालीन समस्याबाट बचाउन के गर्नुपर्ने बारे सोधेका छन्।