Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

१२औं नेपालगन्ज म्याराथन मंसिर १२ गते हुँदै

Advertisement800×200-1

१२औं धारा नेपालगन्ज म्याराथन मंसिर १२ गते शनिबार नेपालगन्जमा १२ प्रकारका दौडहरू सहित आयोजना हुँदैछ। ४२ किलोमिटर पुरुष खुला र २१ किलोमिटर महिला खुलामा विपरीत लिङ्गका सहभागीहरूलाई पनि समय मापनका लागि विद्युतीय चिप उपलब्ध गराइनेछ। नेपालगन्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा एम्स सोसल अवार्ड प्राप्त गरेको आयोजकले जानकारी दिएका छन्। २७ असोज, काठमाडौं।

धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ। यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौडहरू समावेश गरिएको आयोजकले उल्लेख गरेका छन्। नेपालगन्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर महिला तथा पुरुष खुला, ५ किलोमिटर महिला तथा पुरुष खुला र ५ किलोमिटर स्कुले छात्रछात्राहरूको दौड समावेश छ। त्यस्तै, ३ किलोमिटर कर्पोरेट रन, ३ किलोमिटर किड्स रन, ३ किलोमिटर ह्वीलचेयर रन, २ किलोमिटर फेमिली रन र ३ किलोमिटर रन फर अल पनि प्रतियोगितामा समावेश गरिएका छन्।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार ४२ किलोमिटर पुरुष खुला म्याराथनमा व्यक्तिगत समय सुधार गर्न चाहने महिलालाई पनि विद्युतीय चिप उपलब्ध गराइनेछ। त्यस्तै, महिलाका लागि तोकिएको २१ किलोमिटर हाफ म्याराथनमा दौडने चाहने पुरुष धावकलाई पनि समय मापनका लागि विद्युतीय चिप प्रदान गरिनेछ। ४२ किलोमिटर म्याराथनमा विभिन्न उमेर समूहका धावकको छुट्टै वरियताक्रम निकालिनेछ। ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकलाई पहिलो, दोस्रो र तेस्रो स्थानका आधारमा प्रोत्साहन गरिने छ, गुरुङले बताए।

एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यसपटक पनि जारी रहनेछ। उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि समेत सहजीकरण गरिनेछ, आयोजकले बताएका छन्। विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथनहरू साथै वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिनेछ। प्रतियोगिताका लागि अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिएका छन्। दर्ताका लागि नेपालगन्ज म्याराथनको आधिकारिक वेबसाइट प्रयोग गर्नुपर्नेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर