Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

२०औं एसियन गेम्सका पदक विजेताहरुलाई सरकारले पुरस्कार प्रदान गर्यो

Advertisement800×200-1

सरकारले २०औं एसियन गेम्सका पदक विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको छ। करातेका तेञ्जिङ शर्मालाई ६ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ३० हजार र व्यवस्थापक युवराज लामालाई ६५ हजार रुपैयाँ पुरस्कारको रूपमा वितरण गरिएको छ। महिला कबड्डी टोलीका खेलाडीहरुले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

यो पुरस्कार रकम खेलकुद विकास नियमावलीअनुसार खातामा जम्मा गरिएको हो। २३ असोजमा आयोजित मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको थियो। जापानको नायोगामा आयोजित २०औं एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ शर्माले र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर