Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ईशनिन्दाको आरोपमा मृत्युदण्ड सजाय पाएकी इरानी युवतीले जेलबाट माफी मागिन्

Advertisement800×200-1

इरानमा सामाजिक सञ्जालमा ईशनिन्दा गरेको आरोपमा २३ वर्षीया एक युवतीलाई मृत्युदण्डको फैसला सुनाइएको विवरण सार्वजनिक भएको छ। उक्त युवतीले जेलबाट आफू निर्दोष रहेको दाबी गर्दै आफ्नो मुद्दामा निष्पक्ष अनुसन्धान गर्न अन्तर्राष्ट्रिय समूहहरूलाई आग्रह गर्दै एउटा अडिओ सन्देश पनि पठाएकी छिन्।

इरानी सरकारले “सबैभन्दा गम्भीर अपराधहरू” मात्रमा मृत्युदण्ड लागू गरिन्छ भनी दाबी गर्दै आएको छ। ओस्लोस्थित ‘इरान ह्यूमन राइट्स’ संस्थाका अनुसार ती युवतीले निर्दोष रहेको र मादक पदार्थ सेवनका कारण जिब्रो चिप्लिएको हुँदा नियतवश ईशनिन्दा नहुने तर्क पेश गरेकी थिइन्। तर, अदालतले उक्त तर्कलाई स्वीकार नगरेको छ। यसअघि सुनाइएको फैसलालाई सर्वोच्च अदालतले अहिलेसम्म अनुमोदन गरेको छैन, उक्त संस्थाले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर