Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

आईएसएफ फुटबल वर्ल्डकपमा सहभागिता गर्न नेपाली टोली चीन प्रस्थान

Advertisement800×200-1

आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा भाग लिन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गरेको छ। प्रतियोगिता अक्टोबर १७ देखि २६ सम्म सञ्चालन हुनेछ र १६-१८ वर्ष उमेर समूहका खेलाडीहरू छनोट गरिएका छन्। महासचिव राजकुमार कार्कीले जानकारी दिएअनुसार ३७२ खेलाडीबाट छनोट प्रक्रियामा पहिलो चरणमा ४० खेलाडी छनोट भएका थिए र अन्ततः २० खेलाडी टिममा परेका छन्।

टोलीका खेलाडीहरूमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आईज्याक शाही र आर्गेन तुलाधर रहेका छन्। टोलीको नेतृत्व अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका सदस्य तथा विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्कीले गर्नेछन्।

टोलीसँगै अफिसियलहरूमा आईएसएसएफ अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन्। प्रशिक्षकको रूपमा थमन भुसाल र सन्तोष न्यौपाने कार्यरत छन्। महासचिव कार्कीका अनुसार छनोट प्रक्रियामा ३७२ खेलाडी सहभागी थिए। “पहिलो चरणमा ४० खेलाडी छनोट गरिएको थियो, त्यसबाट अन्तिम २० खेलाडी टिममा समावेश गरिएका हुन्,” उनले भने। टोलीको बिदाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेप सदस्य मोनालिशा खम्बू लगायतले गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर