
१७ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न मन्त्रालयले यस निर्णय गरेको बताइएको छ । प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न तथा वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्न ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्रालयले यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई पनि सकारात्मक सन्देश दिने विश्वास लिएको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षा गरेको बताए ।






