संयुक्त राज्य अमेरिकाको नोर्थ क्यारोलिनास्थित एउटा सार्वजनिक लन्ड्रीमा एक मृग नाटकीय तरिकाले भित्र छिरेको र एकैछिनमा बाहिर निस्किएको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ। उक्त मृगले कार पार्किङमा एक महिलालाई ठक्कर दिएर लडाएको थियो र त्यसपछि लन्ड्रीको झ्याल फोरेर भित्र प्रवेश गरेको थियो।
मृग भित्र छिरेको देखेपछि लन्ड्रीका ग्राहकहरू भाग्न थालेका थिए। फुटेजमा मृगले लन्ड्रीभित्र छिरेपछि बाहिर निस्किने बाटो खोजिरहेको देखिन्छ। मृगले आफू आएकै बाटोबाट बाहिर निस्केको देखेर ग्राहकहरू छक्क परेका थिए।