Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

वालेन्द्र शाह: प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र जनकपुर-अयोध्या रेल सेवाको तयारी

Advertisement800×200-1

मंसिरको पहिलो सातादेखि जनकपुरदेखि भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने विषयलाई अन्तिम रूप दिने प्रयास हुने नेपाली अधिकारीहरूले बताएका छन्। त्यसका लागि आन्तरिक तयारीसँगै भारतीय पक्षसँगको छलफललाई तीव्रता दिइएको उनीहरूको भनाइ छ। लामो समयदेखि चर्चामा रहे पनि उक्त प्रस्तावित रेल सेवा सञ्चालन गर्नका लागि अहिलेसम्म ठोस निष्कर्ष पाउन सकेको छैन।

तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंसिरमा भारतको औपचारिक भ्रमण गर्न सक्ने चर्चासँगै उक्त रेल सेवा सुरु गर्न भारत पनि सकारात्मक देखिएको अधिकारीहरू बताउँछन्। नेपालका केही सञ्चारमाध्यमले प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्न सक्नेसम्मका विवरण प्रकाशन गरेका छन्। “त्यसैलाई नै लक्षित गरेर काम गरिरहेका छौँ, मिति तय हुन बाँकी छ,” नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बीबीसीसँग भने।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक घोषणा भइसकेको छैन। तर भारतका सञ्चारमाध्यमले पनि त्यहाँका वरिष्ठ रेल्वे अधिकारीहरूलाई उद्धृत गर्दै जनकपुर-अयोध्या रेलसेवा सञ्चालनका सम्बन्धमा दीपावली आसपास “ठूलो निर्णय लिइन सकिने” भनेका छन्। जनकपुर-अयोध्या रेल सेवा सञ्चालनका विषयमा यतिबेला ‘नेपाल र भारतमध्ये कुन पक्ष बढी इच्छुक हो?’ भन्ने प्रश्नमा पराजुलीले यसमा दुवै देशको समान चासो रहेको बताए। “यसमा दुवैको जोडबल छ। राम र सीताको भूमि जोडिनु दुवै पक्षलाई राम्रो कुरा हो। दुवैलाई राम्रो हुने भएपछि ‘विन-विन’ हुने भयो।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर