Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेतान्याहुको इरानमाथि आक्रमणको दबाब – ट्रम्पसँग छलफल

Advertisement800×200-1

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको प्रतिवेदनले जनाएको छ। शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे फोनमा छलफल भएको थियो, र ट्रम्पले आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तामा सहमति नभएको र कूटनीतिक समाधानका लागि प्रयास भइरहेको बताएका छन्।

१६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न ट्रम्पलाई आग्रह गरेका छन्। समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो।

ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए। नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ। ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ। यसैबीच, कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर