Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पको दाबी: चीन र रुसमाथि जासुसी गर्दै अमेरिका

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवामा चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिका पनि उनीहरूको जासुसी गरिरहेको बताएका छन्। अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ र युएन्स चेनलाई चीनका लागि गुप्तचर गतिविधि गरेको अभियोगमा अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको छ। उनीहरूले अमेरिकी सेनाभित्र स्रोत भर्ती गर्ने, संवेदनशील सूचना दिने व्यक्तिलाई रकम दिने र सैन्य प्रतिष्ठानका तस्बिर तथा व्यक्तिगत विवरण सङ्कलन गरेको अदालतका कागजातमा उल्लेख छ। १६ कात्तिक, आयोवा (अमेरिका) (रासस/एएनआई)।

ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको प्रसङ्ग उल्लेख गर्दै भने, “उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं।” अमेरिकी सैन्य कर्मचारी र प्रतिष्ठानलाई लक्षित गरी चीनले गुप्तचर गतिविधि सञ्चालन गरेको आरोपबारे अनुसन्धान भइरहेका बेला उनको यस्तो भनाइ आएको हो।

अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ र युएन्स चेनलाई चिनियाँ सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र गरेको अभियोगमा अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको थियो। उनीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयको निर्देशनमा अमेरिकी सेनाभित्र गुप्तचर स्रोत भर्ती गर्ने प्रयास गर्नुका साथै संवेदनशील सूचना उपलब्ध गराउने व्यक्तिलाई गोप्य रकम दिने व्यवस्था मिलाएका थिए। अदालतका कागजातअनुसार उनीहरूले सन् २०२२ जनवरीमा क्यालिफोर्नियाको लिभरमोरमा ‘डेड ड्रप’ विधिबाट करिब १० हजार अमेरिकी डलर भुक्तानीको व्यवस्था गरेका थिए। उनीहरूले अमेरिकी सैन्य प्रतिष्ठान, नौसेनाका कर्मचारी र सैनिक भर्ती केन्द्रका तस्बिर तथा सम्भावित गुप्तचर लक्ष्यका व्यक्तिगत विवरणसमेत सङ्कलन गरेका थिए। अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले सन् २०२५ जुन २७ मा दुवैलाई पक्राउ गरेको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर