Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बोलिभियामा एल निनोका कारण आपत्काल घोषणा

Advertisement800×200-1

बोलिभियाले एल निनोका कारण खडेरी र बाढीको जोखिम बढेपछि देशव्यापी आपत्काल घोषणा गरेको छ। राष्ट्रपति रोड्रिगो पाजले बाढी र खडेरी प्रभावित क्षेत्रमा उद्धार टोली थप परिचालन गर्न आदेशमा हस्ताक्षर गर्नुभएको छ। सरकारी प्रतिवेदनअनुसार बोलिभियाका ६ क्षेत्रमा खडेरीले ७८ हजार परिवार प्रभावित र ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन्।

जलवायु परिवर्तनको प्रभावसँगै एल निनो मौसमी प्रणालीका कारण खडेरी र बाढीको जोखिम बढेको हो। राष्ट्रपति पाजले शनिबार आपत्कालसम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन्। यस आदेशमा बाढी र खडेरीबाट बढी प्रभावित क्षेत्रमा उद्धार टोली थप परिचालन गर्न निर्देशन दिइएको छ। उनले भनेका छन्, “एल निनोका कारण खडेरी र बाढी दुवैको प्रभाव निकै गम्भीर हुन सक्नेछ।”

बोलिभिया सरकारको सार्वजनिक प्रतिवेदनअनुसार देशका ९ मध्ये ६ वटा क्षेत्रमा खडेरीको प्रभाव परेको छ। खडेरीका कारण हालसम्म ७८ हजार परिवार प्रभावित भएका छन् भने ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन्। यसैबीच, सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीमा दर्जनौँ मानिसको मृत्यु भएको थियो।

एल निनो विश्वव्यापी जलवायु प्रणालीसँग सम्बन्धित प्राकृतिक मौसमी घटना हो। यो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ। वैज्ञानिकहरूले यस एल निनोका कारण विश्वभर ४ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर