Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनपीएलमा अर्धशतकको संख्या १० पुग्यो, रसेलको योगदान महत्वपूर्ण

Advertisement800×200-1

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको संख्या १० पुगेको छ। विराटनगर किङ्ग्सका आन्द्रे रसेलले जनकपुर बोल्ट्सविरुद्ध २८ बलमा अर्धशतक पूरा गरेसँगै यो संख्या दोहोरो अंकमा पुगेको हो। आक्रामक ब्याटिङ गरेका रसेलले ५० रन पूरा गर्ने क्रममा पाँच छक्का र दुई चौका प्रहार गरे।

सोही खेलमा विराटनगरका इमरान शेख र लोकेश बमले पनि अर्धशतक बनाए। इमरानले ४० बलमा र लोकेशले ३९ बलमा अर्धशतक पूरा गरेका हुन्। लोकेशको भने जारी प्रतियोगितामा यो दोस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्सविरुद्ध ३२ बलमा अर्धशतक बनाएका थिए।

प्रतियोगिताको पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानले विराटनगरविरुद्ध ४१ बलमा पूरा गरेका थिए। त्यसपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा र जनकपुरका मोइन अलीले काठमाडौं गोर्खाजविरुद्ध ४९ बलमा अर्धशतक बनाएका थिए। त्यस्तै, कर्णालीका कप्तान सोमपाल कामीले विराटनगरविरुद्ध २७ बलमा अर्धशतक पूरा गरेका थिए। जनकपुरका तृतराज दासले पोखराविरुद्ध ५१ बलमा तथा काठमाडौंका राशिद खानले कर्णालीविरुद्ध ३२ बलमा अर्धशतक बनाएका थिए। पछिल्लो खेलमा विराटनगरका तीन ब्याटरले अर्धशतक बनाएसँगै प्रतियोगितामा व्यक्तिगत अर्धशतकको कुल संख्या १० पुगेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर