Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सेयर बजारले अन्तिम समयमा सम्हाल्यो, नेप्से ६.६२ अंकले बढ्यो तर कारोबार घट्यो

Advertisement800×200-1

काठमाडौं । कारोबारको सुरुवातदेखि ओरालो लागेको सेयर बजार मंगलबार अन्तिम समयमा सम्हालिँदै सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ बिन्दुमा पुगेको हो। परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार पाँच अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सोमबार सात अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो। यसअनुसार कारोबार रकम एक अर्ब ५० करोड रुपैयाँले घटेको हो। गत साता कारोबार रकम अधिकतम आठ अर्ब ८२ करोड रुपैयाँसम्म पुगेको थियो।

मंगलबार कारोबारमा आएका कम्पनीमध्ये १४३ वटाको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ। बाँकी १४ वटाको मूल्य स्थिर रहेको छ। यस दिन शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै ५.०४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। बैंकको करिब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर