Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्प र रिपब्लिकनका लागि ठूलो धक्काको सङ्केत

Advertisement800×200-1

अमेरिकी मध्यावधि निर्वाचनको पूर्वानुमानमा प्रायः सबै प्रमुख सर्वेक्षण र बेटिङ मार्केटहरूले डेमोक्रेट्सले प्रतिनिधि सभा र सिनेट दुवै जित्ने प्रक्षेपण गरेका छन्। नेटे सिल्भरको मोडलले डेमोक्रेट्सले प्रतिनिधि सभा जित्ने सम्भावना ९५ प्रतिशत र सिनेट जित्ने सम्भावना ८० प्रतिशत देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख माइक जोन्सनले पोलिङ एजेन्सीमाथि रिपब्लिकन मतदातालाई निराश पार्न ‘ब्लू वेभ’ को हावा बनाएको आरोप लगाएका छन्। १७ कात्तिक, काठमाडौं।

नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनको मुखमा बाहिर आएका प्रमुख सर्वेक्षण, चुनावी पूर्वानुमान र बेटिङ मार्केटहरूले डेमोक्र्याटिक पार्टीको एकपक्षीय जित (ब्लू वेभ) हुने सङ्केत गरेका छन्। अमेरिकी तल्लो सदन प्रतिनिधि सभा र माथिल्लो सदन सिनेट दुवैमा डेमोक्रेट्सले नियन्त्रण कायम गर्ने प्रक्षेपणले राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस र रिपब्लिकन क्याम्पमा ठूलो हलचल ल्याइदिएको छ।

चर्चित चुनावी विश्लेषक नेटे सिल्भरको पछिल्लो मोडल अनुसार डेमोक्रेट्सले प्रतिनिधि सभा जित्ने सम्भावना ९५ प्रतिशत र सिनेट कब्जा गर्ने सम्भावना ८० प्रतिशत पुगेको छ। सिल्भरका अनुसार डेमोक्रेट्सले प्रतिनिधि सभामा औसत २५ सिट थप्नेछन्। ‘द न्युयोर्क टाइम्स/सिएना’ को अन्तिम पोलमा मुख्य ७ वटै प्रतिस्पर्धात्मक राज्यहरूमा डेमोक्र्याटहरू अगाडि देखिएका छन्।

ट्रम्प र सभामुख जोन्सनले भनेका छन् कि यी खराब तथ्याङ्कहरू बाहिरिएपछि पोलिङ एजेन्सीहरूले जानाजानी ‘ब्लु वेभ’ को हावा सिर्जना गरेर रिपब्लिकन मतदाताहरूलाई निराश पार्न खोजिरहेका छन्। सभामुख जोन्सनले सोमबार भने, “उनीहरू पोलको तथ्याङ्क प्रयोग गरेर ब्लू वेभको भ्रम सिर्जना गर्ने प्रयास गर्दैछन्। हाम्रा कन्जर्भेटिभ मतदाताहरू यस्ता पोल कलहरूलाई विश्वास गर्दैनन् किनभने यो एक प्रकारको ‘साइ-अप’ (मनोवैज्ञानिक कारबाही) हो।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर