Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयको नियुक्ति

Advertisement800×200-1

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेयले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदादेखि नै उनको सचिवालयमा काम गर्दै आएका थिए।

नियुक्तिसँगै पाण्डेयले लुम्बिनीको संरक्षण, व्यवस्थापन तथा विकाससँग सम्बन्धित काममा कोषको सदस्य सचिवका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। यसअघि कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ थिए। सरकारले केही दिनअघि मात्रै कोषको उपाध्यक्षमा गायिका आनि छोइङ डोल्मालाई नियुक्त गरेको थियो। उनको नियुक्तिबारे विवाद उठिरहेका बेला सरकारले सदस्य सचिवमा पाण्डेयलाई नियुक्त गरेको हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर