ठूलो प्राकृतिक प्रकोपपछि खाद्य असुरक्षा टार्न सामूहिक खेती प्रभावकारी उपाय मानिन्छ। विज्ञहरूले गत भदौ महिनामा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानमा विपद् व्यवस्थापन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रको पुनरुत्थानका लागि सामूहिक खेतीलाई प्रभावकारी र भरपर्दो माध्यमको रूपमा औँल्याएका छन्।
उनका अनुसार, बाढीका कारण कृषि प्रणालीमा परेको असरको सन्दर्भमा एक्लाएक्लै खेती गर्नुभन्दा समुदायमा मिलेर सामूहिक रूपमा खेती गर्दा जोखिम कम हुन्छ र उत्पादन पनि बढ्न सक्छ। यस विषयमा ‘बीबीसी हातेमालो’का लागि प्रतीक्षा खनालले बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक नारायणकुमार श्रेष्ठसँग कुराकानी गरेकी छन्।