

अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु


अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ (प्रतिनिधिसभा) को मध्यावधि निर्वाचन अन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ। न्युयोर्क, जर्जिया र साउथ क्यारोलिना लगायतका विभिन्न राज्यमा आज बिहानैदेखि मतदाताले मतदान गर्न थालेका छन्। निर्वाचनको दिनअघि नै लाखौँ मतदाताले अग्रिम मतदान गरिसकेका छन्। उनीहरूसँगै आज पनि ठूलो सङ्ख्यामा मतदाता मतदान प्रक्रियामा सहभागी भइरहेका छन्। अमेरिकी समयअनुसार साँझ ६ बजे पहिलो मतदान केन्द्रहरू बन्द हुनेछन्।
यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ। सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुँदैछन्। त्यस्तै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ। हाल रिपब्लिकन पार्टीको प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत छ। त्यसैले डेमोक्र्याटिक पार्टीका लागि यस निर्वाचनमा दुवै सदनमा आफ्नो उपस्थिति बलियो बनाउनु मुख्य चुनौती छ।

सम्बन्धित खबर









