

नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि जोखिम क्षेत्रमा


नासाको करिब १.५ टन तौलको स्विफ्ट अन्तरिक्ष टेलिस्कोप २२ वर्षपछि नोभेम्बर ४ मा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने अनुमान छ। पुनः प्रवेश क्षेत्र २०.६ डिग्री दक्षिणदेखि २०.६ डिग्री उत्तर अक्षांशसम्म भएकाले मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नई सम्भावित जोखिम क्षेत्रमा पर्छन्। वैज्ञानिकहरूले अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने र अवशेष समुद्रमा खस्ने सम्भावना बढी रहेको, तर ठूलो क्षति हुने जोखिम कम रहेको बताएका छन्। १८ कात्तिक, काठमाडौं। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ। यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन्। नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप आज नोभेम्बर ४ को दिन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान छ। भारतका मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईलगायत सहर सम्भावित पुनः प्रवेश क्षेत्रको अक्षांशीय सीमाभित्र पर्ने भएकाले ती क्षेत्रमा पनि यसको अवशेष खस्न सक्ने सैद्धान्तिक सम्भावना रहेको छ। सन् २००४ नोभेम्बर २० मा प्रक्षेपण गरिएको यस अन्तरिक्ष वेधशालाको सुरुवाती नाम ‘स्विफ्ट गामा–रे बर्स्ट एक्सप्लोरर’ थियो। सुरुमा दुई वर्षका लागि सञ्चालन गर्ने लक्ष्य राखिएको यो यानले करिब २२ वर्षसम्म अन्तरिक्षमा रहेर ब्रह्माण्डका विभिन्न घटनाको अध्ययन गरेको थियो।

सम्बन्धित खबर









