Skip to main content

रुसको चेतावनी: ‘प्राइस सिलिङ’ लागू गर्ने देशलाई तेल आपूर्ति नगर्ने

रूसी उपविदेशमन्त्री एन्द्रेई रुदेन्कोले रूसी तेलमा ‘प्राइस सिलिङ’ लागू गर्ने देशहरूलाई रुसले कुनै पनि हालतमा तेल आपूर्ति नगर्ने स्पष्ट पारेका छन्। रुदेन्कोले जापानको मूल्य सीमालाई ‘बजार विरोधी र आपूर्ति शृङ्खला ध्वस्त पार्ने उत्तेजक कदम’ ठहराएका छन्। उनले भने, ‘अहिले ऊर्जा बजार निकै अस्थिर छ, अभाव र मूल्य वृद्धिदैछ, यस्तो अवस्थामा रुसले आफ्नो राष्ट्रिय आर्थिक हितको रक्षाका लागि यस्ता उक्साहटपूर्ण कदम लिनेहरूलाई तेल बेच्ने छैन।’

उपविदेशमन्त्री रुदेन्कोका अनुसार जापान र अन्य पश्चिमी देशहरूले लगाएको यो प्रतिबन्धले विश्वव्यापी ऊर्जा सुरक्षामा थप चुनौती थपेको छ। यदि कुनै देशले तेल आपूर्तिका लागि आधिकारिक रूपमा अपील गरेमा, रुसले ती देशहरूसँगको सम्बन्ध र आफ्नो आर्थिक स्वार्थलाई ध्यानमा राखेर मात्र निर्णय गर्ने बताइएको छ। हाल पश्चिम एसियाको युद्ध र हर्मुज जलसन्धि बन्द भएका कारण विश्वभर इन्धनको मूल्य प्रति लिटर २ युरो नाघ्ने खतरा बढिरहेको बेला रुसको यो चेतावनीले विश्व अर्थतन्त्रमा थप हलचल पैदा गरेको छ।