
१७ चैत, काठमाडौं । आज विहानै पक्राउ परेका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको क्रममा काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप लागेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । तर, उनलाई हाजिरी जमानीमा छुट्ने निर्णय जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन् ।






