Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव असफल

Advertisement800×200-1

अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास हालका लागि असफल भएको छ। अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ। रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए। उनले कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही गरेको आरोप लगाउँदै हेगसेथलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए।

मंगलबार अमेरिकी प्रतिनिधिसभामा प्रस्तावमाथि मतदान भएको थियो। महाभियोग प्रस्तावलाई सिधै सदनमा अघि बढाउने वा न्यायिक समितिमा पठाउने भन्ने विषयमा मतदान हुँदा अधिकांश सांसदले समितिमा पठाउने पक्षमा मत दिएका थिए। मतदानमा २११ सांसदले प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा र २०४ जनाले विपक्षमा मतदान गरे। रिपब्लिकन पार्टीका झन्डै सबै सांसदले समितिमा पठाउने पक्षमा मतदान गरेका थिए।

यो निर्णयसँगै हेगसेथविरुद्ध महाभियोग अघि बढाउने प्रयास तत्कालका लागि प्रभावहीन बनेको छ। निर्णयपछि पेन्टागनमा ६ महिनापछि भएको पहिलो पत्रकार सम्मेलनमा रक्षामन्त्री हेगसेथले आफूविरुद्धको महाभियोग प्रयासलाई मजाक र षड्यन्त्रको संज्ञा दिए। तर डेमोक्रेटिक पार्टीले भने यो विषय यहीँ समाप्त नभएको बताएको छ। प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता हाकिम जेफ्रिजले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्रै हो।’


Advertisementadv-800×200.png

सम्बन्धित खबर