Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

जापानकी प्रधानमन्त्री ताकाइची चीन र फिलिपिन्सको भ्रमणमा जाने

Advertisement800×200-1

जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्, जुन प्रधानमन्त्री बनेपछि उनको पहिलो चीन भ्रमण हुनेछ। उहाँले नोभेम्बर १६ देखि १९ सम्म आसियान बैठक र एपेक शिखर सम्मेलनमा भाग लिएर व्यापार, लगानी र ऊर्जा सुरक्षाबारे जापानको धारणा प्रस्तुत गर्नुहुनेछ। चीन भ्रमणअघि ताकाइची मनिलामा हुने आसियान बैठक र जापान, अमेरिका, भारत तथा अस्ट्रेलिया सहभागी क्वाड बैठकमा पनि सहभागी हुनेछिन्।

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ। भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) सम्बन्धी बैठक र एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनेछिन्।

एपेक सम्मेलनमा व्यापार, लगानी, क्षेत्रीय आर्थिक एकीकरण, ऊर्जा सुरक्षा र डिजिटल अर्थतन्त्रका विषयमा जापानको धारणा प्रस्तुत गरिने ओजाकीले बताएका छन्। सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने सम्भावना रहे पनि औपचारिक द्विपक्षीय बैठक हुने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ। गत महिना ताकाइचीले चीनलाई महत्त्वपूर्ण छिमेकी बताउँदै स्थिर र सकारात्मक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। यसअघि ताइवानसम्बन्धी उनको अभिव्यक्तिपछि चीनले जापान भ्रमणबारे आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको थियो। चीन भ्रमणअघि ताकाइची फिलिपिन्सको राजधानी मनिलामा हुने आसियान बैठकमा सहभागी हुनेछिन्। सोही अवसरमा जापान, अमेरिका, भारत र अस्ट्रेलिया सम्मिलित क्वाड बैठक पनि आयोजना हुने ओजाकीले जानकारी दिएकी छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर