काठमाडौं — सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उनीहरूलाई शपथ गराएका हुन्। शपथ लिनेमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो। शपथसँगै चारै जनालाई सर्वोच्च अदालतमा न्यायाधीशको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।