Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एन्भिडिआ: व्यवसायमैत्री सिङ्गापुरमा जेन्सन वाङ प्रकरणको प्रभाव

Advertisement800×200-1

प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङ र एक जना सन्दिग्ध चिनियाँ जासुसबीचको सम्बन्धले विश्वव्यापी चिप केन्द्रको सफल पहिचान कायम गरेको सिङ्गापुरमाथि अवैध कारोबार हुने कथित स्थानको रूपमा ध्यान तानेको छ। बिहीवार ती महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै वाङले उक्त अग्रणी अमेरिकी चिप कम्पनीबाट राजीनामा दिएका थिए। उनको सम्बन्ध एलिस वाङसँग थियो जसले सिङ्गापुरको डेटा सेन्टर कम्पनी मेगास्पिड चलाउँथिन्। उक्त कम्पनी एन्भिडिआले उत्पादन गर्ने चिपको मुख्य खरिदकर्ता थियो।

दशकौँदेखि सिङ्गापुरले अमेरिकी र चिनियाँ बजारमा खुला, व्यापार र अर्थतन्त्रमैत्री पहुँच सहजै उपलब्ध गराउने राष्ट्रका रूपमा आफ्नो प्रतिष्ठा सावधानीपूर्वक कायम राख्दै आएको छ। आर्टिफिशियल इन्टेलिजेन्स (एआई) मा देखिएको व्यापक विस्तारसँगै हालैका वर्षहरूमा सिङ्गापुर उच्च गुणस्तरको सेमिकन्डक्टर चिपको व्यापारको प्रमुख केन्द्र बनेको छ। सिङ्गापुरबाट एन्भिडिआले आफूले गर्ने कूल आम्दानीको पाँच भागको एक भाग आम्दानी अघिल्लो वर्ष गरेको थियो।

सिङ्गापुरले विदेशमा रहेका कम्पनीहरूमा अत्याधुनिक एआई चिप्सहरू स्थानान्तरण गर्न प्रतिबन्ध लगाउँदैन तर त्यस्तो कदमले आपूर्तिमाथिको अमेरिकी नियन्त्रणलाई उल्लङ्घन गर्नसक्छ। सिङ्गापुरले आफूले ‘एकपक्षीय रूपमा अन्य देशहरूले लागु गरेका आपूर्ति नियन्त्रणहरूलाई’ कार्यान्वयन नगर्ने भन्दै आफ्नो क्षेत्राधिकारमा रहेका सबै कम्पनीहरूले त्यस्तो नियमनलाई सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। मेगास्पिडले आफूले सदैव कानुनी हिसाबले काम गरेको र विगतमा अधिकारीहरूले गरेका अनुगमनमा गैरकानुनी गतिविधिका कुनै पनि प्रमाण फेला नपरेको उल्लेख गरेको छ।

सिङ्गापुर र अमेरिकाले मेगास्पिडमाथि अझै अनुसन्धान गरिरहेका छन्। सन् २०२४ मा अमेरिकी अधिकारीहरूले मेगास्पिडको स्वामित्वमा रहेको मलेशियास्थित डेटा सेन्टरको भ्रमण गरेका थिए र उनीहरूले त्यहाँ बाकसमा एन्भिडिआका उपकरणहरू देखेका थिए। मेगास्पिड प्रकरणपछि सिङ्गापुरले दुई शक्तिबीच कायम राख्दै आएको यो नाजुक सन्तुलन झन् चुनौतीपूर्ण बन्ने विश्लेषकहरू बताउँछन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर