पाकिस्तानमा विद्यालय कब्जा गर्ने प्रयासमा संलग्न टीपीपीका १० सदस्य मारिए

१७ चैत, काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक विद्यालय कब्जा गर्ने प्रयास गरिरहेका १० चरमपन्थीहरू सुरक्षा बलको जवाफी कारबाहीमा मारिएका छन्। बीबीसी उर्दुका अनुसार खैबर जिल्लाको बारा तहसिलको अलाखेल क्षेत्रमा रहेको विद्यालयमा प्रतिबन्धित तहरिक ए तालिबान पाकिस्तान (टीपीपी) का सदस्यहरूले झण्डा फहराउन खोजेको बेलामा सुरक्षा बलले जवाफमा कारबाही गर्दा १० जना घटनास्थलमै मृत्यु भएको उल्लेख गरिएको छ।






