

भीमफेदी दुर्घटनाबाट प्रभावित परिवारसँग सभामुख अर्यालको भेट


सर्लाही । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गर्नुभएको छ । सभामुख अर्याल सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर दुर्घटनाबाट प्रभावित परिवारसँग भेट गर्नुभएको हो । भेटका क्रममा उहाँले पीडित परिवारसँग घटनाबारे जानकारी लिनुका साथै राज्य पीडितहरूको साथमा रहेको बताउनुभयो ।
उहाँले परिवारका सदस्यहरूलाई नआत्तिन आग्रह गर्दै घाइतेहरूको उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभयो । दुःखद घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै सभामुख अर्यालले कठिन परिस्थितिमा पीडित परिवारलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटघाटमा सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद नरेन्द्र साह, क्षेत्र नम्बर २ का सांसद रवीन महतोसहित अन्य संघीय सांसदहरूको पनि उपस्थिति रहेको थियो । सभामुखसहितको टोलीले पीडित परिवारको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने विषयमा आश्वस्त पारेको जनाइएको छ ।

सम्बन्धित खबर








